आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बोलाएपछि वामदेव पनि सिंगापुर जाँदै

बुधबार, १८ भदौ २०७६, ०७ : ५३
बुधबार, १८ भदौ २०७६

काठमाडौँ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् ।

गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ ।

गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले सिंगापुर आउनुहोस्, सँगै फर्किउला भन्नुभएपछि गौतमजी पनि आज सिंगापुर जान लाग्नुभएको हो,’ स्रोतले बतायो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप