नेपाल रेमिट र रेमिट्ली बीच रेमिट्यान्स सम्झौता
काठमाडौं– नेपाल रेमिट इन्टरनेशनलले अमेरिका, यू के र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ ।
उक्त स्थान मा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिट सँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरहरु बाट सजिलै निकाल्न सकिन्छ ।
रेमिट्लीले नेपाललमा नेपाल रेमिटसँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ र उत्कृष्ट किसिमका सेवाहरु थप गर्दै लैजाने जानकारी दिएको छ ।
नेपाल रेमिटले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु र नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्ट हरु बाट सेवा दिँदै आएको छ । भबिस्यमा अझै सहज र उत्कृष्ट सेवा दिन निरन्तर अगाडि बढीरहेको कम्पनीका सिइओ रितेश मित्तल ले जानकारी दिए ।