आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तान मामिला कसले हेर्छ ? ग्रीन जोनमा छन् नेपाली

बिहीबार, १९ भदौ २०७६, ०६ : ४१
बिहीबार, १९ भदौ २०७६

अफगानिस्तानको काबुलमा सोमबार राति भएको विस्फोटमा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगरका आफन्त दिल पुन रोजगारीका क्रममा दुबईमा छन् । 
बाहिरी जानकारी र सम्पर्क सूत्रमा पहुँच राख्ने उनले दुई दिन यता ज्वाइँ चन्द्रबहादुरको शव फिर्ता ल्याउन र क्षतिपूर्तिसहितका प्रक्रियाबारे जानकारी लिन इस्लामाबाद तथा दिल्लीस्थित नेपाली दूतावासलाई दोहो¥याएर इमेल गरेका छन्, फोन गरिरहेका छन् । तर, दुवै दूतावासले कुनै जवाफ फर्काएका छैनन् । 
उनले चन्द्रबहादुरसँगै अर्का मृतक चितवनका कृष्ण थापाबारे पनि सरोकार राखेर दूतावासहरुको ध्यानाकर्षण गराएका छन् । तर कुनै पनि जवाफ आएको छैन । 
सोमबार विस्फोटका टार्गेटमा परेको ग्रिन भिलेजका सुरक्षा प्रवन्धक टेकजंग मल्लाका ग्रीन भिलेजमा रहेका नेपाली सबै सुरक्षित रहेको बताएका छन् । 

सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन् । 
उनका अनुसार बेलायती नियोगमा ३५०, अमेरिकीमा ११ सय, जर्मनमा ७० र राष्ट्रसंघीय कार्यालयमा झन्डै १ हजार नेपाली सुरक्षाकर्मी छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप