आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ एसिया कप आजदेखि

बिहीबार, १९ भदौ २०७६, ०९ : २३
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि श्रीलंकामा सुरु हुँदैछ ।

भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा अफगानिस्तान र पाकिस्तान खेल्दैछन् ।

नेपालले पहिलो खेल शुक्रबार आयोजक श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।

विनोद दासको प्रशिक्षणमा रहेको यू–१९ नेपाली टोलीको कप्तानमा रोहितकुमार पौडेल छन् ।

टोलीका अन्य खेलाडीहरुमा रीत गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् ।

ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियोमा बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुवास पात्रो रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप