कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण देखियो
बिहीबार, १९ भदौ २०७६, १२ : ३७
१
काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण देखिएको छ । कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।
५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको विभिन्न सहरमा देखिएको छ । अहिलेसम्म ५ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।
अझै २ महिनासम्म डेङ्गु संक्रमण नरोकिने चिकित्सकहरुले बताएका छन् ।