आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग

बिहीबार, १९ भदौ २०७६, १८ : ४६
बिहीबार, १९ भदौ २०७६

काठमाडौं– प्रतिनिधिसभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ ।  विकास तथा प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् । काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न भिन्नभिन्न कार्यालयहरु भएकोले जनताले दुःख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताए । विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ । छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए ।

यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न समेत गरे । बैठकमा उपस्थित भएकी खानेपानी तथा सरसफाई मन्त्री बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे ।

नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी र सरसफाई सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोर पानीको व्यवस्थापन गने भन्दै पहिलोपटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक बनाई सदनमा पेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप