आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

शुक्रबार, २० भदौ २०७६, ०७ : २१
शुक्रबार, २० भदौ २०७६

नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ ।

 नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारबाला मौन छन् । 

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ । 

ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले पनि यसबारे सोधखोज गरेको छैन । यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप