आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानव बेचविखन अन्त्यका लागि सरकार प्रतिबद्ध छः गृहमन्त्री

शुक्रबार, २० भदौ २०७६, २० : ३०
शुक्रबार, २० भदौ २०७६

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विभिन्न बहानामा हुने मानव बेचविखनले राष्ट्र विकासमा बाधा पु¥याएकाले यसको अन्त्यका लागि सरकारले कडा कदम चाल्ने बताएका छन् । तेह्रौँ मानव बेचविखनविरूद्धको दिवस समारोहमा उनले मानव बेचविखन राष्ट्र विकासविरूद्धको मुद्दा भएको र यसले मुलुकको विकासमा अवरोध पु¥याएको बताए । 

‘अहिले पनि रोजगारी वा विवाहको बहानामा भारत, चीन र कुवेतलगायत मुलुकमा मानव बेचविखन भइरहेको छ, यो समाजका लागि कलङ्क हो, यसलाई रोक्नु हामी सबैको भूमिका हुन्छ’, मन्त्री थापाले भने ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले मानव बेचविखन अन्त्यका लागि जोखिममा परेका समुदायको स्पष्ट पहिचान गर्ने काम गरिरहेको जानकारी दिइन्। 

‘पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारका आयाम र स्वरूपमा परिवर्तन भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय अपराधविरूद्ध सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने ।

गत वर्ष मानव बेचविखनविरूद्धको अपराधमा संलग्न दुई सय ५८ जनाविरूद्ध मुद्दा दर्ता भएको थियो । महिला, बालबालिका तथा सामाजिक समितिका सभापति निरुदेवी पालले मानव बेचविखन न्यूनीकरणका लागि संयुक्त सहकार्यको आवश्यकता रहेको बताइन्। 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले मानव बेचविखन जस्तो अपराध न्यूनीकरणका लागि मानव बेचविखनविरूद्धको शाखा नै गठन गरी सक्रियताका साथ काम गरिरहेको बताए । महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मानवताविरूद्ध जघन्य अपराध नियन्त्रण गर्न मानव बेचविखन र ओसारपसार नियन्त्रण ऐन २०६४, को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरे । 

महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा भारत, म्यान्मा, कुवेत, साउदी अरब, थाइल्याण्डलगायत देशस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९८ जनालाई नेपाल फर्काइएको थियो ।

श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचविखन तथा ओसारपसार पनि बढ्दै गएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिकरुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल) र बसाई स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी  सबैभन्दा बढी बेचविखनको जोखिममा छन् । 

मानव बेचविखन तथा ओसारपसारविरूद्ध योगदान पु¥याएबापत सो अवसरमा गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा, प्रहरी सहायक निरीक्षक सुकु तामाङ र महिला खबर अनलाइनका गगनशीला खड्कालाई पुरस्कृत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप