आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशपछि त्रिविद्वारा चिकित्साशास्त्रको प्रवेश परीक्षा स्थगन

शुक्रबार, २० भदौ २०७६, २१ : ५५
शुक्रबार, २० भदौ २०७६

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । 

सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिए । 

उनले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्न भनिएको परीक्षा स्थगित गरेको बताए । 

यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप