नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल
शनिबार, २१ भदौ २०७६, १७ : ४१
युएई । नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै ढकाल २०१९/२१ कार्यकालको लागि निर्वाचित भएका हुन् ।
ढकालसँगै उपाध्यक्षहरु कमल गिरि, गणेश न्यौपाने निर्वाचित भएका छ्न् । महासचिवमा बेद प्रसाद अर्याल निर्वाचित भएका हुन् । यसैगरि पार्सद अध्यक्षमा राम मोक्तान, कोषाध्यक्ष दिपक राउत, सदस्यहरु भिम सुनार, नारायण प्रसाद ढकाल र नारायण बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका हुन् ।
युएईको सबैभन्दा पुरानो समाजिक संस्था (स्थापना १९९०) नेपाली समाज युएईको १४ औं निर्वाचन नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको थियो ।