आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने

सोमबार, २३ भदौ २०७६, ०७ : १३
सोमबार, २३ भदौ २०७६

चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् । 

यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो । 

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप