राज्यमन्त्री यादवले भेटे एसिड प्रहारबाट घाईते किशोरी
सोमबार, २३ भदौ २०७६, १८ : ५७
काठमाडौं– स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले एसिड प्रहारबाट घाईते मुस्कान खातुनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन । किर्तिपुर अस्पतालमा पुगेर राज्यमन्त्री यादवले खातुनको अवस्थाबारे जानकारी लिएका हुन् । घाइते खातुन अहिले खतरा मुक्त रहेको अस्पतालले मन्त्री यादवलाई जानकारी गराएको छ ।
सोही क्रममा समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते खातुनको उपचारका लागि पचास हजार र प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावत ले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।