आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका ३ भवन एकसाथ शिल्यान्यास

मङ्गलबार, २४ भदौ २०७६, १३ : १२
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको छ ।  मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकूमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निमार्णको शिलान्यास गरेका हुन् ।

२०७२ सालको महाभूकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपाल मुनि त कहिले टेकूमा रहेर सेवा प्रदान गर्दै आएको थियो । अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो ।

तीनवटै स्थानमा भवन निर्माणको सिलन्यास पछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरस पालना गर्न मातहतलाई निर्देशन दिए । जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दै उनले सरकारको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्दै पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराए ।

प्रहरीको कामकारवाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ईं.लोकेशचन्द्र सिंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाईनुको साथै २ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको बताए ।

टेकूमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालिमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमडौंको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार स्क्वायर फिटको हुने प्रहरी नायव महानिरीक्षक सिंहले जानकारी दिए ।

त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवन ७ सय ५० जनाको क्षमताको हल सहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन् । सबै भवनहरु भुकम्पप्रतिरोधी हुनुको साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप