आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि

मङ्गलबार, २४ भदौ २०७६, १८ : ३४
मङ्गलबार, २४ भदौ २०७६


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ । 
अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो डेङगु संक्रमण नभएको जानकारी दिए । 

उनले आफ्नो फेसबुक वालमा अस्पतालको रिपोर्ट राखेर लेखेका छन्, ‘कमरेड बामदेव गौतम सामान्य रुगाखोकीका कारण आराम गरिराख्नु भएको छ । सामाजिक सञ्जाल र समाचारमा आए जस्तो डेङ्गु संक्रमण नभएको जानकारी गराउछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप