संविधान दिवसका अवसरमा माइतीघर मण्डलामा दीप प्रज्वलन (फोटोफिचर)
शुक्रबार, ०३ असोज २०७६, १९ : ३४
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधान दिवसको अवसरमा आज साँझ काठमाडौंको माइतीघर मण्डलामा दिपावली गरेको छ ।
संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रमलाई विद्यार्थी संगठनका नेताहरुले सम्बोधन समेत गरेका थिए ।