सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिमण्डलको भ्रमण र स्वागतका लागि २ करोड, दक्षिण एशियाली खेलकुदका लागि १ अर्ब निकासा

आइतबार, ०५ असोज २०७६, १५ : ०४
आइतबार, ०५ असोज २०७६

काठमाडौं–संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा भाग लिन जाने नेपाली  प्रतिनिधिमण्डलका लागि १ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा भएको छ । अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा सो रकम निकासा गरेको हो । 

यस्तै आगामी मंसिर १५ देखि २४ सम्म हुने १३ औ दक्षिण एसिशयाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद् परिषदलाई ५५ करोड रुपैयाँ निकासा गरिएको छ । 

प्रतियोगिताको राष्ट्रिय टिमको तयारीको लागि १५ करोड रुपैयाँ, खेल सामान खरिदका लागि ३८ करोड, समारोह व्यवस्थापनका लागि एक करोड र आवास व्यवस्थापनको लागि १ करोड रुपैयाँ रकमान्तर भएको छ ।

 यता खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणको लागि ४० करोड रुपैयाँ पनि राष्ट्रिय खेलकुद परिषदलाई निकासा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप