आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरलाई कस्तो बनाइँदैछ ? इन्डोनेसियामा रेणु दाहालले सुनाइन् योजना

बिहीबार, ०९ असोज २०७६, २२ : २४
बिहीबार, ०९ असोज २०७६

काठमाडौं- एपिक्याट (एसिया प्यासिफिक सिटिज एलाइन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज प्रिभेन्सन) को चौंथो सम्मेलन इन्डोनेसियाको बोगोर सहरमा सम्पन्न भएको छ । सम्मेलनमा भरतपुर महानगरपालिका पनि सहभागी भएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र भरतपुर महानगरको योजना, उद्देश्य र रणनीतिको विषयमा आफ्नो प्रस्तुति दिएकी छिन् ।

सम्मेलनलाई सम्बोधन गर्दै दाहालले मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुरलाई स्वच्छ, स्वस्थ र स्मार्ट सहरको रुपमा परिकल्पना गरिएको बताइन् । उनले भनिन्, ‘दिगो विकास लक्ष्यको मेरुदण्डको रुपमा रहेका स्वास्थ्य, शिक्षा, वातावरणलगायतका क्षेत्रहरुलाई भरतपुर महानगरले उच्च प्राथमिकता दिएको छ ।’

सम्मेलनमा उनले भरतपुर महानगरले नसर्ने रोगको रोकथामका लागि उच्च प्राथमिकता दिएको समेत बताइन् । उनले महानगरले स्मोक फ्रि जोन बनाउने कार्य पनि अघि बढाएको दाबी गरिरन् । 
सम्मेलनमा दाहालले सन् २०२० मा गरिने योजनाहरु पनि बताएकी थिइन् । उनले २०२० मा क्रमबद्ध रुपमा सहरलाई धुँवारहित बनाउने र स्थानीय स्वास्थ्य एजेण्डामा नसर्ने रोगलाई रोक्ने विषयलाई समावेश गर्ने दाबी गरिन्
 

सम्मेलनमा प्रस्तुत महानगरको रणनीति र कार्यदिशा

प्रमुख दाहालले सुर्तीजन्य पदार्थ र धुमपान निषेधित सहर तोकी कडा कानुनी कारबाहीलाई अघि बढाउने, सूर्तीजन्य पदार्थरहित नयाँ पुस्ता निर्माणका लागि विद्यार्थी, क्लब सदस्यहरु, महिला तथा आमा समूह, टोल विकास संस्थाहरु र सञ्चारकर्मीहरु परिचालन गरिने, वडाको अगुवाईमा समुदाय तहसम्म सञ्चालन हुने अन्य अभियानजस्तै यसलाई पनि बहुसरोकारवालाको सञ्जालमा प्रभावकारीरुपमा प्रवेश गराइ सुर्तीजन्य पदार्थको सेवन रोक्ने तथा स्मोक फ्रि सिटी बनाउने कार्य अघि बढाइनेलगायतका रणनीतिहरु सम्मेलनमा प्रस्तुत गरेकी थिइन् ।

महानगरलाई धुमपान एवम् सुर्तीजन्य पदार्थ निषेधित महानगर बनाउने कार्यदिशा रहेको समेत दाबी गरिन् । उनले भरतपुर महानगरलाई पूर्ण संस्थागत सुत्केरी, एक विद्यालय एक नर्स, मेडिकल सिटी, एक घर दुई फलफूल बिरुवा, सफा भरतपुर, हरित भरतपुर अभियान, स्मार्ट सिटीको रुपमा विकास गरिने बताइन् । 

नेपालको केन्द्रमा रहेको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रुपले अग्रणी नगर भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, सिमसार क्षेत्रको रुपमा संरक्षित बीसहजारी ताललगायतका थुप्रै पर्यटकीय विविधता रहेका छन् । ४३३ वर्ग किमि क्षेत्रफलमा फैलिएको महानगरमा अनुमानित ४ लाख जनसंख्या रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप