सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेङ  र माल्विका च्याम्पियन

आइतबार, १२ असोज २०७६, १९ : ५२
आइतबार, १२ असोज २०७६

काठमाडौं – मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए । 

यसैगरी महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन् । सेमिफाइनलमा पराजित भएकी चाइनेज ताइपेईकी यु चेह तेस्रो भइन् । गायत्रीले भने सेमिफाइनलमा जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिइन् ।

यसैगरी पुरुष डबल्सको उपाधि भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले जितेको छ । फाइलमा रोहन र सौरवको जोडीले मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए ।

मिक्स डबल्सको उपाधि भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले जिते । फाइनलमा उक्त जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीलाई हराएको हो । बोरनवाटानोउङ र रिरिनको जोडीले दोस्रो सेटको बीचमै खेल त्यागेपछि भेनकाट र जुही विजेता बनेका थिए । 

महिला डबल्सको उपाधि नेपकालका पूरा श्रेष्ठ र नङ्शल तामाङको जोडीले जितेको छ । फाइनलमा पूजा र नङ्शलको जोडीले नेपालकै जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप