मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सोसियडाडलाई सेभिल्लाको धक्का

सोमबार, १३ असोज २०७६, ०९ : १४
सोमबार, १३ असोज २०७६

स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थान कब्जा गर्ने अभियानमा रहेको रियल सोसियडाडलाई सेभिल्लाको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा सोसियडाड सेभिल्लासँग ३–२ गोलले पराजित भयो ।

घरेलु मैदानमा सेभिल्लाको जितमा नोलीटोले १८औं, लुकास ओकाम्पोसले ४७औं र फ्रान्को भाज्क्वेजले ८०औं मिनेटमा गोल गरे । रियल सोसियडाडका मिकेल ओयार्जबलले चौथो र पोर्टुले ८७औं मिनेटमा गोल गरेका थिए । सेभिल्लासँगको हारसँगै सासियडाडले शीर्ष स्थान कब्जा गर्ने मौका पनि गुमायो ।

जितसँगै सेभिल्ला छैटौं स्थानमा उक्लिएको छ । सेभिल्लाले सात खेलबाट १३ अंक बनाएको छ । यसअघिनै १३ अंक बनाएको सोसियडाड पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिको १५ र दोस्रो स्थानमा रहेको ग्रानडाको १४ अंक छ ।

ला लिगाकै अन्य खेलमा मध्यमटोली इबरले सेल्टाभिगोलाई, डिर्पोटिभो अलाभेसले मालोर्कालाई र रियल भालाडोलिडले स्पान्योललाई समान २–० गोलले हराएको छ । लिभान्ते र ओसासुनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप