सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट सरकारले दुई तिहाइको दुरुपयोग गर्‍यो : काँग्रेस नेता खाँण

सोमबार, १३ असोज २०७६, ११ : २२
सोमबार, १३ असोज २०७६

जनकपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताएका छन् ।

सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बताएका हुन् । ‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ’ नेता खाडले भने, ‘संविधान बहुलवादमा आधारित छ  ।

तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको छ ।’ उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।

उनले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए । ‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ’ खाँणको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप