आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुख महराको राजीनामा स्वीकृत, वेबसाइटबाट हटाइयो नाम

बुधबार, १५ असोज २०७६, १५ : ४९
बुधबार, १५ असोज २०७६

काठमाडौं निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।  

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।  

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन् । 

यसैबीच महराले सभामुख पदबाट दोस्रो राजीनामा पत्र बुझाएका छन् ।  महराले आफ्ना स्वकीय सचिवमार्फत पठाएको पहिलो राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाङ्फेले लिन नमानेपछि उनले दोश्रो राजीनामा पत्र बुझाएका हुन्  । तुम्वाहाम्फेले महराका स्वकीय सचिवलाई दोहोरो अर्थ लाग्ने शब्द हटाएर राजीनामा लेख्न लगाएपछि महराले दोश्रो राजीनामा पत्र बुझाएको श्रोतको दाबी छ ।

उनले मंगलबार पुनः सभामुखको जिम्मेवारीमा फर्कन सक्ने शर्तसहितको राजीनामापत्र बुझाएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप