आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के महराको पुनर्वहाली सम्भव छ ? यसो भन्छन् संविधानविद्हरु

बुधबार, १५ असोज २०७६, १८ : ४७
बुधबार, १५ असोज २०७६

काठमाडौं– संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन् । नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले संसद सचिवालयकी कर्मचारीसँग यौन दूव्र्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उनी पुनर्वहाली हुने सम्भावना नरहेको बताएका हुन् ।

महासचिव पौडेलले सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा सो घटनाको अनुसन्धान प्रक्रिया नरोकिने पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौंजदारी कार्यविधि संहिताअनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको पनि स्पष्ट पारे ।

नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानविन प्रक्रिया नरोकिएपनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताए ।

उनले पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क पनि गरे । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताए ।

उनले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सभामुख पदको निर्वाचन हुनुपर्ने पनि बताए । संविधानले फरक दल र फरक लिङ्गलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उनले बताए ।

संविधानविद् ज्ञवालीले संविधानको परिकल्पनाअनुसार दलहरुले सभामुखको निर्वाचन गराउँदा फरक दलका सभामुख र उपसभामुख बनाउनुको विकल्प नरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप