सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ’

बुधबार, १५ असोज २०७६, १९ : १४
बुधबार, १५ असोज २०७६

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताएका छन् । ‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा बुधबार काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गरे ।

“अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार”, पूर्वप्रधानमन्त्री चन्दले भने । 
    
उनले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिए । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उनले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताए । 
    
कार्यक्रममा मिसन नेपालका अध्यक्ष केपी शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको बताए ।

सो क्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप