महरालाई पक्राउ गर्न प्रहरी टोली सभामुख निवासमा
आइतबार, १९ असोज २०७६, १७ : २३
काठमाडौं – यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिन प्रहरी सभामुख निवासमा पुगेको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई नियन्त्रणमा प्रहरीले सभामुख निवास पुगेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिन लागके हो ।
आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ। संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।