आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टोखाबाट दुई लाख नगदसहित जुवाडे पक्राउ

आइतबार, ०३ कात्तिक २०७६, २० : ३५
आइतबार, ०३ कात्तिक २०७६

 काठमाडौं – महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको ‘कर्डन एण्ड सर्च अप्रेसन’मा शङ्कास्पद र गैरकानूनी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा १४ महिला र १८ पुरुष रहेacका छन् । 

यस्तै महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ३२ प्याकेट पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ टिचिङ अस्पताल पछाडिको गल्लीमा किराना पसल सञ्चालन गर्ने ३३ वर्षीय गीता शर्मालाई पक्राउ गरिएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको लम्सालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप