आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मंसिर १४ उपनिर्वाचनः भरतपुर  र खैरहनीका लागि उम्मेद्वार तय

आइतबार, १० कात्तिक २०७६, १६ : १०
आइतबार, १० कात्तिक २०७६

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ३ स्थानीय तहमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको छ । सो पार्टीले जिल्लाको भरतपुर महानगर–१६ र खैरहनी नगरपालिका ४ र ५ मा हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको हो ।

सो पार्टीले आज एक विज्ञप्ति जारी गरी भरतपुर– १६ मा भक्तराज हमाल, खैरहनी ४ र ५ मा क्रमशः वेदबहादुर अधिकारी र पुननारायण प्रधानलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

पार्टीले आज एक विज्ञप्ति जारी गरी निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि जिल्ला पार्टी अध्यक्ष यमबहादुर परियारको  संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला परिचालन कमिटी समेत निर्माण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप