काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बिहीबार, १४ कात्तिक २०७६, १७ : २६
काठमाडौं– बिहीबार काठमाडौंको लप्सीफेदीमा सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।
घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।