आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला कर्मचारीसँग थियो अफेयर, म्याकडोनल्डका कार्यकारी अधिकारीको जागिर चट्

मङ्गलबार, १९ कात्तिक २०७६, ०८ : ५३
मङ्गलबार, १९ कात्तिक २०७६

संसारको सबैभन्दा ठूलो ‘फास्ट फूड चेन’ म्याकडोनल्डका प्रमुख कार्यकारी अधिकारी स्टिभ इस्टरब्रुकलाई आफ्नै कर्मचारीसँग सम्बन्ध स्थापित गरेको भन्दै जागिरबाट निकालिएको छ । कम्पनीका निर्देशक मण्डलका अनुसार ती सिइओले आफ्नी एक कर्मचारीसँँग आपसी सहमतीमा सम्बन्ध स्थापित गरेर गलत कदम उठाए ।

निर्देशक बोर्डले शुक्रबार इस्टरब्रुकलाई कम्पनीको नियमको उल्लंघन गरेकोमा दोषी पाए । कम्पनीका अनुसार इस्टरब्रुकको स्थानमा क्रिस केम्पजिन्स्कीले लिएका छन् जो म्याकडोनल्ड यूएसएका पूर्व अध्यक्ष हुन् ।

इस्टरब्रुकले कम्पनीका कर्मचारीका लागि एक ई–मेलमा कर्मचारीसँगको सम्बन्धलाई आफ्नो गल्ती बताएका छन् । उनले लेखेका छन्, ‘कम्पनीको मूल्य मान्यतालाई हेर्दै बोर्डको निर्णयसँग म सहमत छु र अब मेरा लागि यसलाई छोडेर अघि बढ्ने समय आएको छ ।’

इस्टरब्रुकका प्रवक्ता डिजीरी मूरले इस्टरब्रुक कम्पनीमा बिताएको आफ्नो समयका लागि निकै आभारी भएको बताउँछन् । उनले भने, ‘उनले आफ्नो निर्णयमा आफ्नो गल्ती स्विकार गरेका छन् र कम्पनीको निर्णयको समर्थन गर्छन् ।’

यद्यपि, कम्पनीले सिइओको जागिर लिने सम्बन्धबारे जानकारी दिन अस्विकार गरेको छ ।

सन्डे टाइम्सका अनुुसार यूके अपरेशन्सका पूर्व अध्यक्षसमेत रहेका इस्टरब्रुकको सम्बन्धविच्छेद भइसकेको छ । कम्पनीको कर्मचारीसँग सम्बन्धपछि निकालिएका सिइओको लामो सूचीमा अब इस्टरब्रुकको नाम पनि समावेश भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप