नवलपरासीमा पराल बोकेको ट्रकमा करेन्ट लाग्दा १ जनाको मृत्यु
आइतबार, २४ कात्तिक २०७६, १२ : ३७
बुटवल– नवलपरासीमा पराल बोकेको ट्रकमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । नवलपरासीको गैंडाकोटमा पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नाङ्गो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय अनुसार करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ