आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राफेल मुद्दा : सर्वोच्च अदालतले नरेन्द्र मोदीलाई दियो राहत

बिहीबार, २८ कात्तिक २०७६, १४ : ४७
बिहीबार, २८ कात्तिक २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतले आइतबार राफेल खरिद सम्झौतासम्बन्धी मुद्दाको पुनरविचार गर्न परेको मुद्दालाई खारेज गरिदिएको छ ।  मुख्य न्यायाधीश रन्जन गोगाई, न्यायाधीश एस.के.कौल र न्यायाधीश के.एम.जोसेफको बेन्चले यसअघि अर्थात सन् २०१८ डिसेम्बर १४ सुनाएको फैसलालाई यथावत राखेको छ ।  

सर्वोच्च अदालतले यस मुद्दामा थप जाँच तथा बहसको आवश्यकता नरहेको बताएको छ ।  सर्वोच्च अदालतले पछिल्लो वर्षको फैसलामा राफेल सम्झौतामा अपनाइएको प्रक्रियालाई सही बताएर सरकारलाई क्लिनचिट दिएको थियो । 

त्यस निर्णयविरुद्ध वकिल प्रशान्त भूषण, पूर्वमन्त्री यशवन्त सिन्हा र अरुण शौरीसमेत अन्यले राफेल सम्झौता सम्बन्धमा भ्रष्टाचार जाँचको माग गर्दै याचिका दायर गरेको थियो ।  अदालतले पुनरविचार निवदेनमा सुनुवाई मे १० मै सकाएर फैसला सुरक्षित राखिएको थियो । त्यही निर्णय हाल सार्वजनिक गरिएको हो ।

उता राफेल मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयलाई राहुलले विगतमा गलत तरिकाले पेश गरिएको भन्दै अदालतले राहुललाई सतर्क रहन भनेको छ ।  राफेल सम्झौतामा मोदी सरकारले घोटला गरेको भन्दै विपक्षी दलका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर है’ भन्ने नारा लगाएका थिए । 

भाजपा सांसद मिनाक्षी लेखीले राहुल विरुद्ध अपमानको मुद्दा दर्ता गराएकी थिइन् । Photo:english.sakshi.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप