स्थानीय तह उपनिर्वाचनः दुई उम्मेदवारविरुद्ध उजुरी पर्यो
बिहीबार, २८ कात्तिक २०७६, १९ : १३
काठमाडौँ । स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका दुई उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार देवराज भारतीयको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर(नाउ) र पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ मा राप्रपा (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राप्रपाका उम्मेदवार मिलन गिरीको उजुरी परेको हो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तह तर्फ आयोगले बुधबार मनोनयन दर्ताको कार्यक्रम सम्पन्न गरेको थियो ।
जसअनुसार आयोगले बिहीबार ११ देखि ५ बजेसम्म उजुरी दिने कार्यक्रम तय गरेको थियो ।