सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सघन उपचारको व्यवस्थासहित प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा

स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी छ : अस्पताल
बिहीबार, १२ मङ्सिर २०७६, १० : ३३
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।

मंसिर १० गते बिहान पेट दुखेर अस्पताल लगिएका प्रधानमन्त्री ओलीको विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको पटक–पटक डायलासिस भैसकेको छ । प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी समेत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप