सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिरहाको कल्याणपुर नगरपालिकामा नेकपाका उम्मेदवार विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०६ : २२
आइतबार, १५ मङ्सिर २०७६

उपनिर्वाचन २०७६ अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । 

स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसालेका थिए । खसेको मत परिणमबाट यादवले निकटतम प्रतिद्वन्दी राजपा नेपालकाका उम्मेदवार प्रदिप महतोलाई १७१ मतअनतरले हराएका हुन् । 

यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने राजपा नेपालका उम्मेदबार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, रुख ६१५, गाई १४०, लाउड स्पिकर १६०, हलो २५, नमस्कार ५ र स्वतन्त्रको ३ स्वतन्त्र र अर्को शून्य मत प्राप्त गरेका थिए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप