महोत्तरीको बलवा–२ मा काँग्रेस विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०७ : २२
मंसिर । महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको छ ।
काँग्रेस बिपिन पंजियार सुडीले आफ्नो प्रतिद्वन्द्वीलाई १०९ मतको अन्तरले हराएका छन । उनी ४६१ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सुडीले ३५२ मत ल्याएका छन् ।
त्यस्तै जनमत पार्टीले सोहि वडामा २२३ मत ल्याएको छ ।
महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।