सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपाले गुमायो प्रदेशसभा, काँग्रेसका भडेल विजयी

आइतबार, १५ मङ्सिर २०७६, ११ : २९
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् । भडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

भडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत पाएका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । 

औपचारिक घाेषणा हुन भने बाँकी छ ।

२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप