बक्सिङमा भुपेन्द्रले पनि जिते स्वर्ण
सोमबार, २३ मङ्सिर २०७६, १६ : ३८
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् ।
सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । फाइनलमा भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराए ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । आजै बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।