आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इस्टोनियाका गृहमन्त्रीले फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि

मङ्गलबार, ०१ पुस २०७६, ०८ : १७
मङ्गलबार, ०१ पुस २०७६

इस्टोनियाका गृहमन्त्रीले फिनल्याण्डकी नव निर्वाचित प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् ।

राष्ट्रपति केयर्सती काल्जेलेदले आफू ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण लज्जित भएको बताएकी छिन् ।

फिनल्याण्डकी ३४ वर्षे प्रधानमन्त्री सन्ना मरिन संसारको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् ।

हेल्मेले उक्त अभिव्यक्ति आफ्नो पार्टीको रेडियो टक शोमा दिएका छन् ।

‘अब हामीले देखिरहेका छौं कि एक ‘सेल्स गर्ल’ कसरी प्रधानमन्त्री बनेकी छिन् र उनको मन्त्रीमण्डलमा कसरी सडक कार्यकर्ता र अशिक्षित व्यक्ति पनि समावेश भएका छन्,’ उनले भने ।

मरिनले आफू गरिब परिवारमा हुर्किएको र आफूले युनिभर्सिटीको पढाई पूर्व र राजनीतिक यात्रामा प्रवेश अघि सेल्स असिस्टेन्टको रुपमा काम गरेको बताएकी थिइन् ।

मरिनको परिवारमा उनी एक्ली सदस्य हुन् जसले हाइ स्कूलको पढाई पूरा गरेर युनिभर्सिटीमा भर्ना भएको थियो ।

ट्वीटरमा प्रतिक्रिया दिँदै मरिनले आफू फिनल्याण्डप्रति असाध्यै गौरवान्वित भएको बताएकी छिन् ।

‘यहाँ गरिब परिवारको सन्तान पनि शिक्षित हुनसक्छन् र आफ्नो जीवनमा धेरै कुराहरु हासिल गर्न सक्छ । एउटा पसलको क्यासियर पनि देशको प्रधानमन्त्री हुनसक्छन्,’ उनले लेखिन् ।

हेल्मेले आफ्नो अभिव्यक्तिको गलत अर्थ निकालिएको बताएका छन् । यद्यपि उनले मरिनसँग माफी भने मागेका छन् ।

उनले भने, ‘निम्न सामाजिक स्तर भएका मानिसहरु पनि राजनीतिको शीर्ष स्थानमा आउन सक्छन् भन्ने कुरालाई मैले दर्साउन खोजेको थिएँ ।’

‘यदि कसैले यसको गलत अर्थ निकालेका छन् भने पक्कै पनि म फिनल्याण्डकी प्रधानमन्त्रीसँग माफी मागिरहेको छु भनेर जानकारी गराउन चाहन्छु,’ उनले भने ।

एक वक्तव्य जारी गर्दै इस्टोनियाका राष्ट्रपति काल्जुलेदले आफूले फिनल्याण्डका समकक्षी साउली निनिस्तोलाई फोन गरेर मरिन र उनको सरकारलाई माफी मागेको बारे जानकारी दिन आग्रह गरेको जानकारी दिइन् ।

‘म यी सबै कुराको लागि कति लज्जित छु भनेर पनि उनीसमक्ष स्विकार गरेँ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप