सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनद्वारा स्वनिर्मित विमानबाहक युद्धपोत आधिकारिकरुपमा सैन्य सेवामा

बुधबार, ०२ पुस २०७६, १३ : ०२
बुधबार, ०२ पुस २०७६

सिएनएन । चीन आफैले निर्माण गरेको पहिलो विमानबाहक युद्धपोत ‘सानडोङ’ले आधिकारिकरुपमा आफ्नो काम शुरु गरेको छ । योसँगै राष्ट्रपति सी जिनपिङले देशको जलसेनालाई विश्वस्तरको बनाउने सपनातर्फ चीन एक कदम अगाडि बढेको छ ।

राष्ट्रपति सीले हाइनानमा एक कार्यक्रमबीच आधिकारिक रुपमा पिपल्स लिबरेसन नेभीलाई हस्तान्तरण गरेका हुन् ।

सिन्ह्वाका अनुसार सीले चिनियाँ झण्डा र युद्धपोतको नामसहितको सर्टिफिकेट जहाजका कप्तान र राजनीतिक कमिसारलाई हस्तान्तरण गरेका थिए ।

सानडोङ चिनियाँ जलसेनाको दोस्रो विमान बाहक युद्धपोत हो । चीनले पहिलो युद्धपोत लियाओनिङ युक्रेन सरकारबाट सन् १९९८ मा खरिद गरेको थियो ।

एक महिनाअघि मात्र चिनियाँ रक्षामन्त्री वेइ फेङहेले अमेरिकी समकक्षी मार्क एस्परलाई साउथ चाइना सीमा ‘शक्ति प्रदर्शन’ नगर्न चेतावनी दिएका थिए । त्यसलगत्तै चीनले नयाँ विमान बाहक युद्धपोतलाई औपचारिक रुपमा सेवामा पठाएको हो ।

अमेरिका र चीनबीच पछिल्लो समय जल सेनामा प्रतिस्पर्धा देखिएको छ । सन् २०१४ यता बेइजिङले जर्मनी, भारत, स्पेन, ताइवान र बेलायतले संयुक्तरुपमा भन्दा बढी पनढुब्बी, युद्धपोतलगायत थप गरेको छ ।

अमेरिकापछि चीनको विश्वकै सबैभन्दा धेरै सैन्य बजेट रहेको थियो । सन् २०१८ को अप्रिलमा साउथ चाइना सीमा गरिएको जलसेनाको परेडलाई सम्बोधन गर्दै राष्ट्रपति सीले पिपल्स लिबरेसन नेभी विश्वकै उत्कृट शक्ति बन्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप