आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पौडेल पक्ष बोहोराटारमा अल्मलिँदा काँग्रेस बैठक स्थगित

बुधबार, ०२ पुस २०७६, १५ : १२
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । बिहीबारदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि फेरि बस्दै नबसी स्थगित भएको छ । बरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि काँगे्रस बैठक स्थगित भएको थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित गरिएका रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आगामी बैठक पुस ४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पूर्वमहामन्त्री कृष्ण सिटौलासहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ र हृदयराम थानीलगायतका नेताहरु बोहोराटारमा आन्तरिक छलफलमा व्यस्त छन् ।

अधिकारीका अनुसार १२ बजेदेखि छलफलमा जुटेका पौडेल पक्षका नेताको बैठक ३ बजेसम्म सकिएको छैन ।देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालय सानेपामा छलफलका लागि पौडल पक्षलाई बोलाइएको थियो । उनीहरु बोहोराटारमै अल्मलिएपछि देउवाले आजको बैठक शुक्रबारलाई सारेका छन् ।

यो पनि....


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप