रचनाको ‘लेक वेशीमा’ सार्वजनिक
मङ्गलबार, ०८ पुस २०७६, १२ : ३१
गायिका रचना रिमालको स्वर रहेको गीत ‘लेक वेशीमा’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा तुलसा पहाडीले कोरियोग्राफी रहेको छ ।
भिडियोमा सुष्माश्री कार्की र कुशलको अभिनय रहेको छ । हिमान्सु रायमाझीको शब्द, कृश पाण्डेको संगीत रहेको गीतको भिडियो सन्देश शर्माले छायाँकन गरेका हुन् ।
भिडियोमा आशिष नेपालको निर्देशन रहेको छ ।