आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘देशको भूगोल रक्षाका लागि सबै दल एकढिक्का हुनुपर्छ’

मङ्गलबार, ०८ पुस २०७६, २२ : १८
मङ्गलबार, ०८ पुस २०७६

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गरे ।

उनले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए । उनले जनताको हितमा नरहेका विधेयकहरु रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गरे । नेता थापाले भने, ‘अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप