प्रदेश नम्बर ३ को नाम बागमती, राजधानी हेटौडा
आइतबार, १३ पुस २०७६, १८ : ००
२
काठमाडौँ । प्रदेश नम्बर ३ को नाम बागमती राखिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको हो ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको सचिवालय बैठकले सो निर्णय लिएको रातोपाटीलाई बताए ।
नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ ।
प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ ।
यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।