लक्ष्मीलाई राजेश पायलले भने, ‘मन पराउँछौ’
बिहीबार, १७ पुस २०७६, १७ : ११
काठमाडौं । चर्चित गायक राजेश पायल राई र गायिका लक्ष्मी आचार्यको स्वर रहेको नयाँ गीत ‘मन पराउँछौ’ सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा सुनिल क्षेत्री र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।
डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको रोमान्टीक गीत दोहोरी र डान्सिङ शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
बेलाबेलामा फरक–फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकदेखि बृद्धसम्मको रोजाइमा पर्ने खालको छ । सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।