सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खर्च गर्न नसके, बजेट ‘सरेन्डर’

बिहीबार, २४ पुस २०७६, ०६ : ५५
बिहीबार, २४ पुस २०७६

आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ । 

फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन्त्रालयले बजेट ‘सरेन्डर’ गर्न तयार रहन अर्थमन्त्रीले जानकारी गराएका छन् । 

प्रधानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकोले सोही अनुरुप अर्थमन्त्री डा युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थमन्त्रालयले जनाएको छ । 

अर्थमन्त्रीले सबै अर्थमन्त्रालयका सचिव विभिन्न आयोजनाका प्रमुखलाई राखेर विनियोजन भएको बजेट फागुनसम्म खर्च नभए वा गर्न नसक्ने भए बजेट‘सरेन्डर’ को लागि तयार हुन निर्देशन दिएका छन् । यो समाचार आजको  कारोबार दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप