सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै ५ हजार रकम लिने पक्राउ
आइतबार, २७ पुस २०७६, २३ : ३७
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो ।
उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि सेवाग्राहसँग ५ हजार रकम मागेको प्रहरीले जनाएको छ ।
तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ ।