नेकपा प्रतिवेदनमाथि बिहीबारदेखि छलफल : १५ समूहमा २९ जनाको टोली
काठमाडौं । नेकपाको बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नेताहरुले समूहगत रुपमा मात्रै छलफलमा सहभागी हुने व्यवस्था मिलाइएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा पेश भएका राजनीतक, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि बिहीबारदेखि तीन ठाउँमा समूहगत रुपमा छलफल हुनेछन् ।
समूहमा सचिवालय सदस्यहरु भने सहभागी हुने छैनन् । सभागृह, धुम्बाराही र पेरिसडाँडामा समूहगतरुपमा छलफल हुने नेकपाले जनाएको छ । १५ समूहमा हुने उक्त छलफलमा एक समूहमा २९ केन्द्रीय सदस्य रहनेछन् ।
मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सदस्यहरु धेरै भएपछि केन्द्रीय समिति बैठक सञ्चालनका लागि यस्तो कार्यविधि बनाएको थियो ।
यो कार्यविधिअनुसार प्रत्येक व्यक्तिले मुख्य बैठक हलमा बोल्न नपाउने छैनन् । समूहगत रुपमा छलफलपछि टोली नेताले आफ्नो टोलीका सवैको धारणा र सुझाव समेटेर बैठकमा धारणा राख्नेछन् ।