मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनामाथि रियलको ६ अंकको अग्रता

शनिबार, १८ माघ २०७६, २३ : ०२
शनिबार, १८ माघ २०७६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनामाथि ६ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलमा रियलले दोस्रो हाफमा निर्णायक गोल गरेको हो ।

रियलको जितमा करिम वेन्जेमाले ५६ औं मिनेटमा गोल गरे । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए । यस जितसँगै रियल म्याड्रिडले शीर्षस्थान थप बलियो बनाएको छ । रियलको २२ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनाको २१ खेलमा ४३ अंक छ । एट्लेटिकोको ३६ अंक सहित पाँचौं स्थानमा छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप