अभिनेता विजय बरालले गरे बिवाह
शुक्रबार, १६ फागुन २०७६, १४ : २२
काठमाडौं । अभिनेता विजय बरालले विवाह गरेका छन् । कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग बरालले लगनगाँठो कसेका हुन् । अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् । बिहिबार काठमाडौंको एक पाटी प्यालेसमा बराल र खनालको लगनगाँठो कसिएको हो ।
यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो । मण्डला थिएटरका कलाकार विजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् । अभिनेता विजय कबड्डी ऋखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।