सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालविवाह गर्ने जोडी विवाह मण्डपबाटै समातिए

बिहीबार, २९ फागुन २०७६, १२ : ४१
बिहीबार, २९ फागुन २०७६

बुटवल । दाङ बालविवाह गरिरहेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै समातेको छ । 

मंगलबार घोराही उपमहानगरपालिका–१३ सेवारका ३० बर्षीय कृष्णबहादुर केसीले सोही नगरपालिका–१४ की १८ बर्षीया किशोरीसँग विवाह गर्न लागेका थिए ।

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले विवाह मण्डपमै पुगेर विवाह रोकेको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार बेहुलीका बाबुलाई र बेहुलालाई नियन्त्रणमा लिई बालविवाह विरुद्धको मुद्धा दायर गरिएको छ ।

बेहुलीलाई भने बुधवार आमाको जिम्मा लगाई घर पठाईएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप