आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंक प्राप्ति, चुक्ता पूँजी १३ अर्व ९८ करोड

बिहीबार, २९ फागुन २०७६, १८ : ५१
बिहीबार, २९ फागुन २०७६

काठमाडौं– प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंकलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार सुरु भएको छ ।

आज एक समारोह बीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्तिपश्चात एकिकृत कारोवार शुभारम्भ गरेका छन् । 

प्राइम बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी बृद्धि गर्ने योजना अन्र्तगत कैलाश विकास बैंकलाई प्राप्ति गरिएको हो । 

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप